हुम्ला । मनोज बोहरा, नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आन्दोलनरत शिक्षकसँग ऐक्यबद्धता जनाउदै फ्रुटी खुवाएको छ। १७ दिनदेखि आन्दोलित हुम्ला सामुदायिक विद्यालयका शिक्षक लाई शुक्रबार सदरमुकाम सिमकोटमा जुस खुवाएका हुन्।
जिल्लामा पठनपाठन ठप्प गरि चैत २० गतेबाट शिक्षकहरु शान्तिपुर्वक आन्दोलन गर्दै आएका छन्। देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको अवस्थामा हुम्लाका शिक्षक यातायात असुविधा र खर्चिलोका कारण प्रतिनिधि मात्र काठमाडौं पठाएको र बाँकी सबै जिल्लामै आन्दोलन गरिरहेका छन्।
शिक्षकहरुको आन्दोलनलाई राजनीति दलहरुबाट पनि जिल्लास्तरमा समर्थन जनाउने क्रम जारी छ। बिहीबार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डा. दिपेन्द्र रोकाया र शुक्रबार नेपाली कांग्रेसका कार्यवाहक सभापति कैलाश भण्डारीले शिक्षक धर्ना दिइरहेको स्थानमा पुगेर समर्थन जनाएका छन्।