८२ सालमा देशभर ८८ दिन सार्वजनिक बिदा कर्णालीमा ६ दिन छुट्टै

सुर्खेत। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने उल्लेख छ । जसमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।

दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । ती बाहेक विभिन्न प्रदेश तथा पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् ।

कर्णाली प्रदेश सरकार, मन्त्रीपरिषद्को २०८१ चैत्र १७ गतेको निर्णय अनुसार ८२ सालमा ६ दिन विदा हुनेछ । जस मध्ये राष्ट्रिय धान दिवस असार १५ गते आईतबार जुम्ला बाहेक ९ जिल्लामा विदा हुने उल्लेख छ। त्यस्तै साउन १ गते विहिवार साउने संक्राति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस भाद्र ४ गते बुधवार, चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला असोज ३ गते शुक्रबार जुम्ला जिल्ला मात्र विदा दिने उल्लेख छ ।

 

भने असोज २० गते सोमबार कोजागग्रत पुर्णिमा र चैते दशै चैत्र १२ गते विहिबार साथमा यसै दिन जुम्ला जिल्लामा धान दिवस विदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरेको छ।