नेकपा एस हुम्लाको दशौ अधिवेशन लोगो सार्वजनिक, वैशाख १५ र १६ गते अधिवेशन गर्ने

सिमकोट। नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी (एस) हुम्लाले दशौँ अधिवेशनको मिती र लोगो सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै उक्त लोगो सार्वजनिक गरेक‍ो हो।

पाटी जिल्ला कमिटिको सातौ बैठकले चयन र व्याख्या गरेको लोगोमा कर्णाली नदी, चंखेली हिमाल र कस्तुरीको चित्र अङ्कित छ। हुम्लामा पाईने लोपोन्मुख जनावर तथा प्राकृतिक सम्पदाहरुको संरक्षणमा जोड दिन उक्त लोगोमा समेटिएको पार्टीका पोलिटब्युरो सदस्य हस्त शाहीले बताए ।

   

वैशाख १५ र १६ गते हुने अधिवेशन जिल्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिकामा गर्ने बताए। सदरमुकाम सिमकोटमा गर्ने भनिएको अधिवेशन कर्णाली करिडोर अन्तरतगका केही सडक मर्मत तथा पुननिर्माणका लागी बाटो बन्द भई आवात जावातमा समस्या हुने हुदा सोही गाउँपालिका मा गर्ने भएको शाहीले बताए।

अधिवेशनको उद्धाटन पार्टीका केन्द्रिय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने बताए। नेकपा एसका जिल्ला अध्यक्ष जोशी धामीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पोलिट व्युरो सदस्य एवम् कर्णाली प्रदेश सह इन्चार्ज शाही, जिल्ला समन्वय समितिका प्रमुख तथा केन्द्रिय सदस्य शिवराज शर्मा, पार्टी केन्द्रिय सदस्य प्रेमकला शाही लगायतका नेता तथा कार्यकर्ता  र सञ्चारकर्मीको सहभागीत रहेको थियो ।