सुर्खेत। मनोज बोहरा, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तेस्रो पटक स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को शुक्रवार बसेको १२२ औं बोर्ड बैठकले उक्त खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।
२०७९ साल गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो । राखेपको ११५ औं बोर्ड बैठकले २०८१ मंसिरको २ देखि ९ गते सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, तयारी नपुगेको भन्दै ११८ औं राखेप बोर्ड बैठकले पहिलो पटक चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारेको थियो ।
उक्त समयमा पनि प्रतियोगिता हुन नसकेपछि राखेपको १२१ औं बोर्ड बैठकले दोस्रो पटक पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो । साथै, चैत्र ५ गते ललितपुुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा प्रतियोगिता को लोगो र मस्कट समेत सार्वजनिक गरेका हुन्।
तर, जेठमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले तेस्रो पटक स्थगित गरेको हो । के कति कारणले फेरि स्थगित गरिएको हो ? तल हेर्नू होला