कर्णालीका मुख्यमन्त्री कँडेलको १ वर्षका उपलब्धि सार्वजनिक

सुर्खेत । मनोज बोहरा, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन् । विहिवार पत्रकार सम्मेलन गर्दै ११ पृष्ठमा प्रमुख कार्य तथा प्राप्त उपलब्धि सार्वजनिक गरेका हुन्।

२०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बनेका कँडेल अहिले काङ्ग्रेसको समर्थनमा सोही पदमा छन्। उनी पूर्वमेयर, सांसद, संविधानसभा सदस्य र केन्द्रीय मन्त्री समेत भई सकेका छन्।

प्रदेश सरकार निर्माण भएको ८ बर्ष विते सँगै कर्णाली सरकारले ४ वटा मुख्यमन्त्री पाई सकेको छ। यस अघि माओवादी केन्द्रका राजकुमार शर्मा, महेन्द्रबहादुर शाही, र कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कँडेलले एक वर्षमा के-के गरे ?