कालिकोट । मनोज बोहरा, कालिकोटको नरहरिनाथ गाउँपालिका ३ नम्बर वडामा सञ्चालन भएको बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका र एकएक पाईला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित ३ दिने शिविर मंगलबार सम्पन्न भएको हो ।
डाडाँमाडु कुमालगाउँ स्थित योगि नरहरिनाथ आधारभुत अस्पतालमा चलेको शिविरबाट ५ हजार ४ सय ७ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। २४ गते आईतवारबाट सुरु भई २६ गते मंगलवार सम्पन्न भएको शिविरमा अनुभवी चिकित्सकबाट विभिन्न १६ किसिमका स्वास्थ सेवा दिएका थिए।
शिविरबाट जनरल मेडिसिन सेवामा १ हजार ४ जना, हाडजोर्नी सेवाका ७ सय २८, दन्त रोग सेवाका ३ सय ४८ र स्त्रि रोग सेवाका ३ सय ६९ जनाले निशुल्क उपचार पाएको गाउँपालिका अध्यक्ष विष्ट बताए ।
यस्तै आँखा रोग सेवा ओपिडि ७ सय ९९ , आँखाको सल्यक्रिया १ सय ११, नाक,कान र घाटी सम्बन्धिका ५ सय २४, कानको अप्रेसन २३, छाला रोग सेवा ३ सय ३२, बाल रोग सेवा २ सय २७, भिडियो एक्सरे सेवा २ सय ४७, सादा एक्सरे ८१, सामान्य सल्यक्रिया २ सय ५२, ईसिजी सेवा ३, ईन्डोस्कोपी ६ र प्रयोगशाला परिक्षणमा ३ सय ४३ जनाको उपचार गरिएको थियो ।
स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने उद्देश्य सहित सञ्चालित शिविरमा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।