नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिमा मिश्र प्यानल विजयी

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र निर्वाचित भएका हुन् ।

मिश्रले ५ हजार ५२ मत प्राप्त गरि निर्वाचित भएका हुन्। भने श्रेष्ठले २ हजार ६ सय २१ मत पाएका थिए । त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । भने महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएकी छ ।

महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित हुदा कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी बने । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।