सुर्खेत । मनोज बोहरा, मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहण गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थित सेमिनार सभाहलमा आयोजित कार्यक्रममा प्रमाणपत्र सहित शपथ ग्रहण गरेका हुन्।
मंगलबार विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्य एवं स्ववियु निर्वाचन समितिका संयोजक सह-प्रा. दिपेन्द्र थापाको अध्यक्षतामा नवनिर्वाचित स्व.वि.यु. पदाधिकारीहरु को बधाई, शुभकामना, प्रमाण-पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । पदभार ग्रहण गरी स्व.वि.यु.को पहिलो बैठक सम्पन्न भएको छ । बैठकले स्ववियुको चुनाव अवधि भर सहयोग गर्ने सम्पुर्ण विद्यार्थी तथा शिक्षक, कर्मचारीलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको थियो।
यस्तै, दोस्रोमा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न पत्र प्रकाशन गर्नका लागि, सत्रान्त परीक्षा सम्पन्न भएको ६० दिनमा परीक्षा फल प्रकाशन गर्नका लागि र ठीक ६ महिनामा सेमेस्टर समापन गर्नका लागि विश्वविद्यालय परीक्षा समितिसँग आग्रह गर्ने निर्णय गरेका थिए । भने तेस्रोमा प्रत्येक संकायमा “Sanitary Napkin Vendin Machine (Automatic) स्थापना गर्नका लागि पहल गर्ने निर्णय गरिएको अध्यक्ष विवेक खड्काले बताए ।
चैत्र १८ गते सम्पन्न उक्त चुनावबाट नेपाली काङ्ग्रेस निकट नेविसंघको प्यानल नै विजयि भएको थियो।