माओवादीको सिमकोट गाउँपालिका तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रावत

सिमकोट । नेकपा माओवादी केन्द्रले सिमकोट गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले प्रकाश रावतको नेतृत्वमा ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो ।

गाउँकमिटीमा ४० जना निर्वाचित सदस्य रहनेछन् भने ५ सदस्य पहिलो वैठक बाट मनोनित गरिने जिल्ला पार्टी सचिव धर्मराज बोहराले बताए। सर्वसहमतिमा नयाँ कमिटि गठन गरेका हुन्। जसको उपाध्यक्षमा जोमन लामा, रिठु रावत र भक्त परियार, सचिवमा हिरा बहादुर शाही, कोषाध्यक्षमा धनजित बोहरा (अशोक) र सह–सचिवमा रिक्जन लामा सर्वसहत भएका छन् ।

पालिकाका पूर्व अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान)को अध्यक्षता र नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालि का अध्यक्ष विजय भण्डारी (प्रतिरोध) कोे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। चैत्र २४ गतेबाट मानसरोवर बहुमुखी क्याम्पसमा उद्घाटन भएको अधिवेशन समन्वयको हलबाट आज सम्पन्न भएको हो।