निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन १३ सय २६ जनाले लिए सेवा

कालिकोट । मनोज बोहरा, कालिकोटको नरहरिनाथ गाउँपालिका ३ नम्बर वडामा आजबाट निशुल्क स्वास्थ्य शिविर सुुरु भएको छ।गाउँपालिका र एकएक पाईला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित शिविरको पहिलो दिनमा १ हजार ३ सय २६ जनाले सेवा लिएका छन्।

डाडाँमाडु कुमालगाउँ स्थित योगि नरहरिनाथ आधारभुत अस्पतालमा विहान ९ बजेबाट सुरु भएको उक्त सेवा बेलुका ६ बजे सम्म चलेको थियो। ३ दिन सम्म सञ्चालन हुने शिविरमा विभिन्न १४ किसिमका स्वास्थ सेवा दिएका थिए।शिविरबाट जनरल मेडिसिन सेवामा २ सय ३९ जना, हाडजोर्नी सेवाका २ सय १२, दन्त रोग सेवाका ६२ र स्त्रि रोग सेवाका ९० जनाले निशुल्क उपचार पाएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट बताए ।

     

यस्तै आँखा रोग सेवा ओपिडि २ सय ९ , आँखाको सल्यक्रिया २८, नाक,कान र घाटी सम्बन्धिका १ सय २२, कानको अप्रेसन ६, छाला रोग सेवा ६७, बाल रोग सेवा ४८, भिडियो एक्सरे सेवा ६०, सादा एक्सरे १२, सामान्य सल्यक्रिया ७० र प्रयोगशाला परिक्षणमा १ सय १ जनाको उपचार गरिएको थियो ।

   

उक्त शिविरमा स्थानियको बाक्लो उपस्थिति रहेको थियो । भने निशुल्क स्वास्थ सेवा पाउँदा निकै नै खुसी लागेको भन्दै आयोजक लाई धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बिष्टले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शिविर आयोजना गरिएको बताए । शिविर चैत्र २६ गते सम्म सञ्चालन हुनेछ।