काठमाडौं। नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ। शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबार देखि शैक्षिक हडतालको घोषणा गरेको हो ।
देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघले आग्रह गरेको छ । चैत्र २५ गते सोमबारबाट उक्त हडतालको घोषणा गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भने ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ ।