जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भुकम्प

सुर्खेत । जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार साझ ८ बजेर १० मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५‍.५ म्याग्निच्युडको भूकम्प गएको छ। कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा यसको धक्का गएको छ।