३९०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाले घटेको छ। विहिबार सुनको मुल्यले बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८ सय ७० रुपैयाँ कायम भएको हो ।