सुर्खेत। मनोज बोहरा, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पमा नेविसंघको प्यानलै विजयी भएको छ। सोमबार भएको मतदानबाट उक्त संघको प्यानल विजय भएको हो।
काङ्ग्रेस निकट नेविसंघका विवेक खड्का १ हजार १ सय ८८ मतसहित सभापतिमा निर्वाचित भएका छन् । स्ववियु निर्वाचन समितिका अनुसार निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका जगतजङ्ग शाहीले ९ सय ८ र तेस्रो स्थानमा अखिल क्रान्तिकारीका प्रकाश विकले २ सय ७५ मत ल्याएका छन् । यता स्वतन्त्र उम्मेदवार मिलन विसिले २ सय ३१ मत प्राप्त गरेका थिए।
सचिवमा संघका भुपेन्द्र आचार्यले १ हजार ३ सय ९६ मतसहित निर्वाचित हुँदा अनेरास्ववियु का भुपेन्द्र भण्डारीले ७ सय ९ मत पाएका छन् भने क्रान्तिकारीका मोहन चौलागाईंले २ सय ७९ मत पाएका छन् । त्यस्तै, कोषाध्यक्ष पदमा संघका लोक प्रसाद रिजालले १ हजार २ सय ५५ मतसहित निर्वाचित हुँदा अनेरास्ववियुका विक्रमसिंह मन्दिरले ८ सय ९३ मत पाएका छन् भने क्रान्तिकारीका दिप बहादुर सुनारले ३ सय १७ मत ल्याएका छन् ।
संघका निर्वाचित अन्य सदस्यहरुमा गणेश थापा १ हजार २ सय ७५ , निसान्त शाही १ हजार २ सय ७८, प्रकाश सिंह १ हजार २ सय १९, प्रतीक्षा थापा १ सय ४ सय ९१, विकास कुमार थापा १ हजार ३ सय २३, विष्णु राज सिंह १ हजार ३ सय ३४ र शिवराज ढकाल १ हजार २ सय ३३ हुन्।
विश्वविद्यालयमा कुल ४ हजार ३ सय ८३ मतदाता रहेकोमा २ हजार ८ सय ६४ (६५.३१ %) विद्यार्थीले मतदान गरेका थिए। जम्मा मतदाताहरु मध्ये १ हजार ५ सय १९ विद्यार्थी मतदानमा अनुपस्थित रहेका थिए ।