मध्यपश्चिम विश्वविद्यालयको स्ववियुमा २८६४ विद्यार्थीले गरे मतदान

सुर्खेत। मनोज बोहरा, मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा २ हजार ८ सय ६४ (६५.३१ %) विद्यार्थीले मतदान गरेका छन्। सोमबार बिहानदेखि सुरु भएको मतदान सहज रुपमा सम्पन्न भएको हो।

६ वटा मतदान केन्द्रमा विभाजन गरेको विश्वविद्यालयमा कुल ४ हजार ३ सय ८३ मतदाता थिए। जसमा, मतदान केन्द्र ‘क’ मा बि.ए अन्तर्गत का ४ सय २५ जना र बि.ए. याल.याल.बिका २ सय ५४ गरी ६ सय ७९ जना मतदाता रहेका थिए। त्यस्तै, ‘ख’ केन्द्रमा बि.ई.डीमा ७ सय १०, ‘ग’ केन्द्रमा बि.बि.यासका ७ सय ४१, ‘घ’ केन्द्रमा याम. एका ५ सय ६७ र बि.यास . ई गरि जम्मा ७ सय ५३, र ‘ङ’ केन्द्रमा याम. बि.यास २ सय ५ , याम. फिल र पि.याच. डिमा ४७ र साईन्स मा ५ सय ३३ गरि ७८५ विद्यार्थी रहेका थिए।

भने, ‘च’ केन्द्रको याम.ई.डी २ सय ६५ र ईन्जिनियरिङ ४ सय ५० गरि जम्मा ७ सय १५ विद्यार्थी रहेका थिए। जम्मा मतदाताहरु मध्ये १ हजार ५ सय १९ विद्यार्थी मतदानमा अनुपस्थित रहेको निर्वाचन अधिकृत खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। साथै सबै मतदान केन्द्रको मतपेटिका संकलन पश्चात बस्ने सर्वपक्षिय बैठक पछि मतगणना सुरु हुने अधिकृत अधिकारीले बताए।

   

निर्वाचन कार्यक्रम अनुसार चैत्र ७ गते ९ वटा संगठनहरुले दर्ता गरेका थिए। जसमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठन दर्ता भएका छन् ।

स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदान बाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । यसरी दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्य मध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यस पछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।