देउडाको पहिलो चरणका खेलहरुमा ९ समुहबीच प्रतिस्पर्धा

सुर्खेत। मनोज बोहरा, संस्कृति संरक्षण समाज हुम्लाले सञ्चालन गरेको देउडा प्रतियोगितामा पहिलो चरणका खेलहरु आजबाट सञ्चालन भएका छन्। कार्यक्रमको दोस्रो दिन तथा प्रतियोगिताको पहिलो दिनमा ९ वटा खेल भएका हुन्।

विहान १० बजेबाट सुर्खेतको सिटिहलमा सुरु भएको पहिलो खेल युवराज भण्डारी (हुम्ला) को समुहसँग कमला पाण्डे (हुम्ला) समुह बीच थियो। भने दोस्रो खेल सुनसरा शाही (कालिकोट) र लक्ष्मी तिवारी (भेरी कर्णाली) बीच भएको समाजका अध्यक्ष तिर्थराज रोकायाले बताए।

       

तेस्रोमा जय ब थापा (दैलेख ) र जर्मा भण्डारी (कालिकोट), चौथोमा नयाँराम न्यौपाने (कालिकोट) र विमला भट्टराई (कालिकोट), पाचौंमा राम ब रावत (जाजरकोट) र यशोदा देवकोटा (कालिकोट) को टिम बीच चलेको थियो। यस्तै छैटौमा अक कार्की (हुम्ला) र कल्पना खड्का (कैलाली), सातौमा अजमल बुढा (हुम्ला) र बाचुल्ली रोकाया (हुम्ला), आठौंमा नन्दलाल रावत (जुम्ला) र काली ब भण्डारी (हुम्ला) र अन्तिम खेल पदम सार्की (हुम्ला) र विर्खकन्या तिवारी (जुम्ला) बीच भएको थियो।

     

कार्यक्रममा पछिल्लो समयका चर्चित देउडा गायक नवराज भण्डारी र गायिका सुस्मिता भेरीकार समेतले प्रस्तुति दिएको अध्यक्ष रोकाया ले बताए। साथै भोलिको पहिलो खेल भानु पाण्डेे (कालिकोट) र सत्य रावत (हुम्ला) समुह बीच हुने भएको छ। भने गायक भण्डारी र गायिका भेरीकारको समेत प्रस्तुति हुने जानकारी दिएका छन्।