सुर्खेत । मनोज बोहरा, प्रथम खुल्ला देउडा प्रतियोगिता एवम् बृहत साँस्कृतिक मेलाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। शनिवार सुर्खेतको मंगलगडी देखि सिटिहलसम्म दमाहा नाच, नाराका साथ कार्यक्रमको उद्घाटन भएको हो।
औपचारीक रुपमा पानसमा दियो बाली पुर्व मुख्यमन्त्री तथा कांग्रेस संसदिय दलका नेता जीवन बहादुर शाही र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका थिए। कार्यक्रममा नेकपा एमाालेे सचेतक एवम् पुर्व सामाजिक विकास मन्त्री टेकराज पछाई, नेपाली काङ्ग्रेस सचेतक हिक्मत बहादुर विष्ट, पुर्व मन्त्री जित बहादुर मल्ल, पुर्व उर्जा तथा जलस्रोत मन्त्री मा. रणसिंह परियार, पुर्व मन्त्री खड्क बहादुर पोखरेल, मा. कल्याणी खड्का , मा. जुङ्कित लामा, मा. पुर्ण खत्री, मा. दक्षिणा शाही, सहित अन्य माननीय र देउडा खेलाडि समुहहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना दिदै विशेष अतिथि समेत रहेका सामाजिक विकास मन्त्री भण्डारीले हाम्रो साँस्कृतिक देउडालाई कुनै पनि विश्वविद्यालयले नसमेटे पनि हाम्रा देउडा खेलौडाले समेटेर देश विदेश सम्म फैलाएको पाईन्छ। हाम्रो संस्कृति जगेर्नाको लागि भन्दै सरकारले पनि कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक मुख्यमन्त्री कार्यालयसम्म पुर्याईसकेको बताए। साथै छिट्टै कर्णाली प्रज्ञा प्रतिष्ठान समिती गठन गर्ने उद्घोष गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका पुर्व मुख्यमत्री शाहीले अहिले देउडा गितहरु छाडा हुँदै गएको र त्यसैमा सबै रमाउन थालेको बताउदै यसले हाम्रो मौलिकता मासिएर फरक रुप लिने चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रमको समापन गर्दै संस्कृति संरक्षण समाजका अध्यक्ष तिर्थराज रोकायाले चैत्र १५ गतेबाट हुनु पर्ने कार्यक्रम १ दिन पछि सुरु भएकोमा माफि मागेका थिए । साथै कार्यक्रमको लागि कसैले सपोर्ट नगरेको मात्र हैन कार्यक्रम रोक्ने प्रयास समेत गरेको बताए। उनले भने, “म हुम्लाको भए पनि मेरो सरकार यतै छ , मेरा अभिभावक छन् भन्ने सोचेर कार्यक्रमको आयोजना घोषणा गरेको थिए। तर घरको विरालो पनि बाघ बन्छ भन्ने व्यवहार प्रदर्शन गरेकोमा दुख लागेको छ।”
निर्णायक समुहमा अग्रज देउडा गायक तथा सर्जक नन्द कृष्ण जोशीको नेतृत्वमा लोकप्रिय देउडा खेलाडी नेत्र राज शाही प्रवत्ता , गायिका रेखा जोशी र शान्ति अधिकारी सदस्य रहेका छन्। ३ प्रदेशका ३६ वटा टिमको गोलाप्रथा मार्फत प्रतिस्पर्धि समूह समेत घोषणा गरेका छन्। भोलिदेखि २१ गते सम्म प्रतियोगिताका खेलहरु नियमित सञ्चालन हुनेछन्।