सुर्खेत। मनोज बोहरा, प्रथम खुल्ला देउडा प्रतियोगितामा ३७ वटा समुहले भाग लिने भएका छन् । चैत्र १६ गते (भोलि) बाट सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा कर्णाली , सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता जनाउन लागेका हुन्।
प्रतियोगितामा सहभागी हुने समुहहरुमा हुम्लाबाट ११ र मुगुबाट १ वटा रहेका छन्। यस्तै जुम्ला बाट ६ , कालिकोटबाट ९ , दैलेखबाट २ जाजरकोट बाट १ र सुर्खेतबाट २ गरि कर्णाली प्रदेशबाट ३२ वटा समूह रहेको संस्कृति संरक्षण समाजका अध्यक्ष तिर्धराज रोकायाले जानकारी दिए। यता बाजुराबाट ३ र कैलाली बाट १ गरि सुदुरपश्चिम प्रदेशबाट ४ वटा समूह रहेका छन् । भने लुम्बिनी प्रदेशको वाकेबाट १ वटा समूह रहेको अध्यक्ष रोकायाले बताए।
शुक्रबारबाट सुरु हुने भनिएको कार्यक्रम तयारी नपुग्दा १ दिन पछि सरेको हो। भोलि कार्यक्रम अपराह्न १ बजे मंगलगडीबाट बाजागाजा र र्यालि गर्दै सिटिहलमा २ बजे उद्घाटन हुने भएको छ। कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र पुर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदिय दलका नेता जीवन बहादुर शाहीले संयुक्त गर्ने समाजका अध्यक्ष रोकायाले जानकारी दिए। लिग चरणमा हुने प्रतियोगितामा उद्घाटन कार्यक्रम सँगै २ वटा टिम बिच भिडन्त हुनेछ। साथै कार्यक्रमको पहिलो दिन अर्थात् भोलि लोकप्रिय देउडा गायिका रेखा जोशी र अग्रज देउडा गायक तथा सर्जक नन्द कृष्ण जोशीको उपस्थिति रहने बताए। गायक दोय सुर्खेत आईपुगेको पनि जानकारी प्राप्त भएको छ।
संस्कृति संरक्षण समाज, हुम्लाको आयोजनामा हुन लागेको देउडा प्रतियोगितामा सांस्कृतिक मेला समेत लाग्नेछ। उक्त कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले बताएका छन् ।