मध्यपश्चिम विश्वविद्यालयको स्ववियु अध्यक्षमा ८ जनाको उम्मेदवारी

सुर्खेत । मनोज बोहरा, चैत्र १८ गते हुने मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ। बुुुधवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै १ जना स्वतन्त्र सहित ७ विद्यार्थी संगठनका उम्मेदवारको नाम प्रकाशन गरेको हो।

निर्वाचन कार्यक्रम अनुसार चैत्र ७ गते ९ वटा संगठनहरुले दर्ता गरेका थिए। जसमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठन दर्ता भएका छन् ।

एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) बाट जगतजंग शाही अध्यक्षका उम्मेदवार छन् । भने माओवादी निकट अखिल (क्रान्तिकारी) बाट प्रकाश विक उम्मेदवारछन्। यता कांग्रेस निकट नेविसंघबाट विवेक खड्का, विप्लव सि नेकपा निकट अनेवियु( समाजवादी) बाट चिन बहादुर सहकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट (राप्रविसं) बाट विकल्प वली, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, अनेरास्ववियु (छैठौँ) बाट लेलिन कुमार रेग्मि र स्वतन्त्रबाट मिलन वि.सिले उम्मेदवारी दर्ता गराएका छन्।

       

यस्तै अनेरास्ववियु सचिवमा भूपेन्द्र भण्डारी र कोषाध्यक्षमा विक्रम सिंह मन्दिर, अनेरास्ववियु क्रान्तिकारी सचिवमा मोहन चौलागाइँ र कोषाध्यक्षमा दीप बहादुर सुनारले उम्मेदवार दर्ता गरेका छन् । भने नेविसंघ सचिवमा भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल, अनेस्ववियु समाजवादी सचिवमा सुदर्शन ऐडी र कोषाध्यक्षमा रितु बम, राप्रविसं सचिववमा सन्देश शाही र कोषाध्यक्षमा आशिष नाथ योगी, नेक्राविसं सचिवमा सर्मिला कुमारी विक र कोषाध्यक्षमा रमा कुमारी गिरी हुन् । साथै स्वतन्त्र सचिवमा आशिष डाँगीले उम्मेदवारी दर्ता गराएका छन्।

         

४ हजार ३सय ८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहनेछ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदान बाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । यसरी दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्य मध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यस पछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।