कर्णालीका युवालाई तेस्रो पटक स्काउट आधारभुत तालिम दिईदै

सुर्खेत । मनोज बोहरा, नेपाल स्काउट कर्णाली प्रदेश कार्यालयबाट कर्णालीमा तेस्रो पटक स्काउट आधारभूत तालिम (बि.टि.सी) तथा (पी.टि.सी) सञ्चालन भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा ५८९ औँ र ५९० औँ स्काउट आधारभूत तालिम (बि.टी.सी) तथा ४३६ औँ स्काउट आधारभूत तालिम (पी.टि.सी)  बुधवारबाट दिन सुरु गरे सँगै तेस्रो पटक पुगेको हो ।

प्रदेश भित्र दश जिल्लाका ७९ वटा पालिका युवाहरूलाई समेटेर उक्त तालिम दिन लागेको स्काउट प्रदेश कार्यालयले बताएको छ। तालिमले आत्मनिर्भर बनाउन सघाउनु का साथै सामाजिक गतिविधिहरूमा एकजुट भई सक्रिय बनाउने उदेश्य रहेको बताए।

 

तालिमको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भने “तालिमबाट युवाहरूलाई अनुशासन, नेतृत्व, आत्मनिर्भरता, समाजसेवा र सहयोगको भावना विकास गर्न मद्दत पुग्नेछ । कर्णालीमा आईपर्ने विपद् हरुको व्यवस्थापनमा यस्ता तालिम हरु प्रदेशका लागि सारथि बन्ने विश्वास गरेको छु।” सरकारले सामाजिक सुरक्षामा सशक्त भूमिका निभाउने बताउँदै भण्डारीले नवप्रवर्तन कार्यहरूमा युवाहरु सक्रिय बन्न आग्रह गरेका थिए ।

     

उद्घाटन कार्यक्रमको समापन नेपाल स्काउट कर्णाली प्रदेशका प्रमुख आयुक्त कमल बोहराले गरेका थिए। कार्यक्रममा बोल्दै आयुक्त बोहराले स्काउटका माध्यम बाट युवाहरुलाई विभिन्न गतिविधिमा आत्मनिर्भर बनाउनका सथैे सक्रियतामा बढावा दिन तालिमको आयोजना गरेको बताए। युवाहरुले यो तालिमलाई यहि मात्र सिमित नगरी आफ्नो दैनिकी जिवनमा लागू गर्न र गराउन आग्रह समेत गरेका हुन्। साथै “तालिमको लागि सहकार्य र समन्वय गर्ने सामाजिक विकास मन्त्रालय लाई धन्यवाद दिन चाहान्छु र आगामी दिनहरूमा पनि यस्तै प्रकारको सहयोगको आशा गरेको छु ” आयुक्त बोहराले भने,

   

वीरेन्द्रनगर-३ मुलपानीको नोबेल एकेडेमी मा सञ्चालन भएको तालिममा प्रमुख आयुक्त बोहरा, मन्त्री भण्डारी, सामाजिक विकास मन्त्रालयका उप-सचिव जवाहरलाल हमाल लगायतको उपस्थिति रहेको थियो। तालिम ५ दिन ६ रात सम्म  चल्नेछ ।