कर्णाली प्रदेश अस्पताल सुर्खेतमा १९ जना कर्मचारी माग

सुर्खेत । १९ जना कर्मचारीको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेतले आवेदन माग गरेको छ। बुधवार एक सूचना सार्वजनिक गर्दै आठौं, सातौं र पाचौं तहका लागि आवेदन माग गरेको हो।

उक्त सूचना अनुसार मेडिकल अधिकृत, स्वास्थ (आठौं तह)मा ५ जना, फिजियोथेरापिष्ट स्वास्थ्य (सातौं) मा १ जना, मेडिकल ल्याप टेक्नोलोजिष्ट, स्वास्थ्य (सातौं ) १ , अपटोमेट्रिक, स्वास्थ्य (सातौं) १ गरि सातौंमा ३ जनाको लागि सूचना निकालेको छ। भने स्टाफनर्स, स्वास्थ्य (पाचौं) मा ८ जना , हेल्थ असिस्टेन्ट, स्वास्थ (पाचौं ) मा २ र ए.आर.टि काउन्सिलर (हे.अ ) मा १ जना गरि पाचौंमा ११ जनाको आवेदन माग गरेको हो।

आवेदन दिने अन्तिम मिति चैत्र २७ गते सम्मका लागि छ । भने सेवा अवधि २०८२ असार मसान्त सम्मका लागि तोकिएको छ।