सिमकोट । जिल्ला समन्वय समिति, हुम्लाले आठौं जिल्ला सभाको मिति तय गरेको छ। आज बसेको समितिको बैठकले चैत्र २८ र २९ गते सभाको वैठक गर्ने निर्णय गरेको हो।
उक्त सभामा गाउँपालिकाहरुले चालू आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, बजेटका साथै हाल सम्मको प्रगति विवरण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने जनाईएको छ। प्रतिवेदनको प्रस्तुतिकरण पाओर पोईन्टमा गर्नु पर्ने भएकाले ७ वटै पालिका र प्रमुख प्रशासकिय अधिकृतलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेका छन्।