काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूलेअवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।
त्यसपछि पनि विरोध नरोकिदा संसद वैठक आधा घण्टा पछि बस्ने गरि स्थगित भएको छ।