काठमाडौँ । आज संघिय सदनका दुवै सभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक र अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक निर्धारण गरेको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्य सूचीअनुसार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । भने अन्य सन्देश टेबुर र कार्यमा छलफल गर्नेछन्।
त्यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् । भने समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।