काठमाडौं । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भनिएको गणतन्त्र र राजतन्त्र पक्षका दुई समूहको फरक ठाउँ तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार दुवै पक्षधरलाई प्रदर्शन गर्न फरक ठाउँ तोकेको हो ।
काठमाडौंका प्र. जि अ ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ । भने राजतन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको बताए ।
गणतन्त्र पक्षधरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् । यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ ।