हुम्ला । मनोज बोहरा, गाउँ प्रहरीका लागि आवेदन माग गर्ने हुम्लाको पहिलो गाउँपालिकामा चङ्खेली परेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त पालिकाले गाउँ प्रहरी भर्नाको लागि भन्दै चैत्र ५ गते सूचना सार्वजनिक गरेको हो।
उक्त सुचना अनुसार वरिष्ठ गाउँप्रहरी सहित ४ जना जवानहरुको लागि आवेदन माग गरेको छ।जसमा वरिष्ठ १ जनाका लागि १२ कक्षा पास हुदा जवानका लागि ८ कक्षा पास हुनु पर्ने उल्लेख छ। साथै उमेरहद पुरुषको हकमा १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाईएको छ।
१५ दिने सूचनामा गाउँ प्रहरी छनोटका आधारहरु शारिरिक परीक्षण, लिखित, प्रयोगात्मक र मौखिक परीक्षा लिइनेछ । साथै नेपाल सरकारको कुनै सुरक्षा निकायमा काम गरेको अनुभव पत्र समेत बुझाउनु पर्नेछ।गाउँपालिकाले कार्यपालिका निर्णय बाट गाउँपालिका प्रहरी गठन, भर्नासम्बन्धी कार्यविधि यसअघि नै तयार पारि सकेको छ।
गाउँपालिकाको सुरक्षा आफ्नै प्रहरीद्वारा होस् भन्ने उद्देश्यले उक्त भर्ना गर्न लागिएको पालिका स्रोतले बताएको छ। भने ७ वटा गाउँपालिका रहेको हुम्लामा अन्य ६ वटा पालिकाले गाउँ प्रहरी आवश्यकताको चर्चा बेला बखत गरे पनि भर्ना गर्ने कार्य गरेका छैनन् ।