प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा सल्यानका शर्मा निर्वाचित

सुर्खेत। प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा प्रतीक इच्छुक शर्मा (सल्यान) निर्वाचित भएका छन्। माओवादी निकट पत्रकारको संगठन सेन्टरले तेस्रो अधिवेशनबाट नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।

२१ सदस्यीय कार्यसमितिको खुल्ला उपाध्यक्षमा धर्मराज जिसि (सुर्खेत), उपाध्यक्षमा उपेन्द्र न्यौपाने (जुम्ला) र समावेशी उपाध्यक्षमा तुलसा रोका (पश्चिम रुकुम) रहेका छन् । महासचिवमा असोक कुमार सिंह (कालिकोट ), सचिवमा तिलक राज वलि (सल्यान), नरजङ तामाङ (हुम्ला), जुना कुमारी रावत ( जाजरकोट),प्रिमा कुमनरी विश्वकर्मा (कालिकोट ), तुलाराज चौलागाईं (कालिकोट), कोषाध्यक्ष मा कृष्ण शर्मा (दैलेख) सर्वसहमत निर्वाचित भएका छन् ।

 

भने सदस्यहरुमा रमिता खड्का मगर (पश्चिम रुकुम), कल्पना रावत (जुम्ला), सुनिल महरा (पश्चिम रुकुम), काली बहादुर नेपाली (जाजरकोट), इन्द्रबहादुर बुढाथोकी (सल्यान), बिक्रम तिरुवा ( जुम्ला), गोविन्द विश्वकर्मा (सुर्खेत), रमेश जैसी (जाजरकोट ), टिकाराज उपाध्याय ( कालिकोट) र राकेश बिक (दैलेख ) हुन् । साथै लेखा समिति संयोजकमा प्रचण्ड खत्री ( पश्चिम रुकुम) लाई चयन गरेको छ।

अधिवेशन चैत्र १० गतेबाट सुरु भएको थियो। कार्यक्रम नेकपा माओवादी केद्रका कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्लले गरेका थिए।