सुर्खेत । आज देखि प्रेस चौतारी नेपालको १० राष्ट्रिय औँ महाधिवेशन सुरु हुँदै छ । कोसी प्रदेशको विराटनगरमा १०-१२ गतेसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको महाधिवेशन उद्घाटन पार्टी महासचिव शंकर पोखरेलले गर्ने भएका छन् । महाधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। महाधिवेशनले ९ जना पदाधिकारीसहित ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।