प्रधानमन्त्री रोजगार कार्यक्रममा सर्केगाड गाउँपालिका उत्कृष्ट ।

Mb Thapa
२०८१ चैत, ९ गते हुम्ला । क्षम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा कर्णाली प्रदेशमा आयोजित एक भब्य समारोहमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सर्केगाड गाउँपालिका ९८ अङ्क ल्याइ उत्कृष्ट भएको छ। उक्त कार्यक्रममा कर्णाली प्रदेश भरिका सम्पुर्ण स्थानीय तहहरु समाबेश भएका थिए।

सो कार्यक्रममा रोजगार क्षेत्रमा पुर्य्याको योगदानको मुल्यांकन गर्दै सर्केगाड गाउँपालिकाको तर्फबाट रोजगार शखा संयोजक हस्त बहादुर छ्त्याल लाई सम्मान गरिएको छ। सर्केगाड गाउँ कार्यपालिका को कार्यलय रहि रोजगार सेवा केन्द्रले प्रवाह गर्नु पर्ने सेवा प्रभावकारी रुपमा सम्पन्न गरि उत्कृष्ट काम, कर्तव्य निर्वाह गरेकोले सर्केगाड गाउँपालिका प्रथम भएको हो।

नीति बिधीमा रहि काम गरेमा एक दिन मुल्यांकन हुँदो रहेछ र यो सम्मानले थप जिम्मेवार र हौसला प्रदान गरेको संयोजक हस्त बहादुर छत्यालले बताउनु भयो। बिकट ठाँउमा काम गर्न उत्तिकै च्यालेन्ज रहेको पनि बताए ।

सर्केगाड गाउँपालिकाको १५ हिँउदे गाउँ सभामा पनि रोजगार शँखा सम्पुर्ण कर्मचारीलाई पालिका अध्यक्ष ठान बहादुर रोकाय ले कदर पत्र तथा खादा लगाइ सम्मान गरेका छन् । सर्केगाड गाउँपालिकाको १५ हिँउदे गाउँ सभामा प्रधानमन्त्री रोजगार कार्यक्रमका कर्मचारीहरुलाइ विशेष धन्यवाद दिदै पालिकाले पनि उच्च मुल्यांकन गरेको बताए ।

नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रम ले नेपाली नागरिकहरु विशेषगरि युवा र सिमान्तकृत समुदायहरुलाइ दिगो र सम्मानजनक रोजगार प्रदान गरि रोजगारिक अबसरहरु सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रम सीप बिकास उधमसिलता प्रबर्द्धन समावेसी वृद्धि पुर्वाधार बिकास गरिबी निवारण युवा सशक्तीकरणमा केन्द्रित छ। प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरि बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने तथा रोजगार्सेवा केन्द्रमा सुचिकृत भएका बेरोजगार ब्यक्तिहरुलाई एक आर्थिक बर्षमा न्युनतम १०० दिन बराबरको रोजगारी प्रत्याभूती गरिने उदेश्यले रोजगार सेवा केन्द्रको स्थापन भएको हो। सो कार्यक्रम ५ बर्षा भरी एक चोटि आयोजित हुने गर्छ ।