राष्ट्रिय दलित पत्रकार संघ कर्णालीको अध्यक्षमा भिम परियार

सुर्खेत । राष्ट्रिय दलित पत्रकार संघ, कर्णाली प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ। शुक्रबार सुर्खेत भेरिगङ्गाको छिन्चुमा दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट अध्यक्षमा भिम परियार (सुर्खेत) लाई सर्वसम्मत निर्वाचित गरेको छ । भने उपाध्यक्षमा यज्ञ बहादुर तिरुवा (दैलेख) कर्ण विक (कालिकोट), सचिवमा मालति विक (सुर्खेत), सहसचिवमा प्रेम सुनार (सुर्खेत), कोषाध्यक्षमा तुलविर वैगार ( सुर्खेत) सर्वसम्मत निर्वाचित भएका छन्  ।

अन्य सदस्यमा जित बहादुर तिरुवा (सुर्खेत), खेमराज सुनार (सल्यान), हिमेन्द्र विक (दैलेख), विवेन्द्र नेपाली (जुम्ला,अङ्गराज परियार (हुम्ला), पुर्ण सार्की (डोल्पा ) तेज विक (जाजरकोट) र भानुभक्त विक (कालिकोट) निर्वाचित भएका हुन्।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक योजना तथा मामिला मन्त्री राजिव विक्रम शाह, पुर्व मन्त्री तथा प्रदेश सासंद रणसिह परियार लगायतको उपस्थिति रहेको थियो।