बबईमा स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधिको जडान

सुर्खेत। सवारी साधनका स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान गरिएको छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा उक्त प्रविधिको जडान गरेको हो।

शुक्रबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त प्रविधि जडानको उद्घाटन गरेका हुन् । लुम्बिनी र कर्णाली प्रदेश जोड्ने मुख्य राजमार्ग मा पहिलो पटक जडान गरिएको उक्त प्रविधिले सम्पूर्ण सवारी साधनको नम्बर प्लेट रेकर्ड राख्ने छ।

       

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरीले सवारी साधन रोक्दै, नम्बर प्लेट,नाम फाइलमा टिप्नुपर्ने अवस्थाको अन्त्य भएको मुख्यमन्त्री कँडेलले बताए। बबईमा भएको गतिविधि वीरेन्द्रनगरमा रहेको प्रदेश प्रहरी कार्यालयबाट निगरानी गर्न सकिने छ।

९ लाख ७६ हजार खर्च गरेर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जडान गरेको हो ‌।