एसईईको पहिलो दिन हुम्लाबाट ९ सय ८८ परीक्षार्थी उपस्थित हुदा २७ जना अनुपस्थित

हुम्ला । मनोज बोहरा, हिमाली जिल्ला हुम्लाबाट यस वर्षको एसईई परीक्षामा अङ्ग्रेजी विषयमा १ हजार १५ जना विद्यार्थीले परीक्षा फर्म भरेका थिए। त्यसमध्ये ९ सय ८८ जना उपस्थित हुदा २७ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुख योगेश आले मगरले बताएका छन्।

जिल्लाका सात वटा परिक्षा केन्द्रबाट नियमित साधारणतर्फ ८ सय ६१ मध्ये १४ जना अनुपस्थित रहेका थिए। प्राविधिकतर्फ ८९ मा सबै उपस्थित थिए। भने आशिंकतर्फ ६५ मा १३ जना अनुपस्थित रहेका छन् । जसमा नियमित साधारण छात्रा ४ सय १० र छात्र ४ सय ३७, प्राविधिक छात्रा ४६, छात्र ४३ जना उपस्थिति थिए। भने आंशिक छात्रा २४, छात्र २८ जना उपस्थिति रहेको नि.प्रमुख मगरले जानकारी दिए।

             

सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्रबाट जम्मा १ सय ७६ मा ७ जना अनुपस्थित रहेका थिए । जसमा नियमित साधारणमा १ सय ५२ मा १ सय ४९ उपस्थित ३ जना अनुपस्थित, आशिंकमा २४ जनामा २० उपस्थित र ४ जना अनुपस्थित र बाल मन्दिरमावि केन्द्रबाट जम्मा १ सय ७८ जनामा ३ जना अनुपस्थित थिए। साधारण नियमिततर्फ १ सय ६ मा १ सय ५ जना उपस्थित १ अनुपस्थित , प्राविधिकमा ५५ जनामा सबै उपस्थित थिए भने आशिंकतर्फ साधारणमा ११ जना उपस्थित २ जना अनुपस्थित र प्राविधिकमा ६ जना उपस्थित थिए। भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्रबाट नियमिततर्फ जम्मा ६६ जनामा १ जना अनुपस्थित, आशिंकतर्फ ६ जनामा २ जना अनुपस्थित गरि जम्मा ७२ जनामा ६९ परिक्षार्थी थिए।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि केन्द्रमा जम्मा १ सय ८८ रहेकोमा १ सय ८६ सहभागी थिए। जसमा नियमिततर्फ १ सय ६६ मा १ जना अनुपस्थित, आशिंकतर्फ २ मा १ जना अनुपस्थित रहेको र कोटमावि रोडीकोट केन्द्रबाट ७० जनामा १ जना अनुपस्थित रहेको इकाई नि. प्रमुख मगरले जानकारी दिए। यता अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्रमा १ सय २० परिक्षार्थीमा नियमिततर्फ १ सय १३ मा ३ जना अनुपस्थित, आशिंक तर्फ ७ जनामा सबै उपस्थित रहेका थिए। भने ताँजाकोट गाउँपालिकाको मदनादेव मावि केन्द्रबाट २ सय ६ जना मध्ये नियमित साधारणतर्फ १ सय ६५ मा २ जना अनुपस्थित, आशिंकतर्फ ७ जनामा ४ अनुपस्थित , प्राविधिकतर्फ ३४ जनामा सबै उपस्थित रहेका थिए।

जिल्ला भरका २७ वटा माविमा अध्ययनरत परिक्षार्थीहरुले दिई रहेको परिक्षाको दोस्रो दिन भोलि अनिवार्य नेपाली विषय छ।