दशौ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र ट्रफी सार्वजनिक

सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता को लोगो र मस्कट सार्वजनिक भएको छ । ललितपुरको सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सार्वजनिक  गरेका हुन् ।

लोगोमा सात रङ, चन्द्र र सुर्य अंकित छ भने मस्कटमा रेड पाण्डा राखिएको छ । सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफी पनि सार्वजनिक गरिएको थियो । साथै उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकको अनलाइन दर्ता प्रणाली समेत सार्वजनिक गरेका हुन् । खेलाडी र प्रशिक्षकले आफ्नो नाम अनलाइन प्रणालीमा दर्ता गराउन सक्ने जनाइएको छ ।

यो प्रतियोगिता कर्णाली प्रदेशमा आगामी ३ जेठ देखि १० गते सम्मका लागि तय गरिएको छ । सुरुमा २०८१ मंसिर २ देखि ९ गते गर्ने भनिएको प्रतियोगिता पूर्वाधार नपुगेको भन्दै चैत्र २३ देखि ३० गतेको लागि सारिएको थियो । भने पुनः तयारी नपुगेको भन्दै तेस्रो पटक प्रतियोगिता सरेर २०८२ जेठमा पुगेको छ ।