सुर्खेत। मनोज बोहरा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा अगावै नतिजा प्रकाशनको मिति तय गरेको छ। बोर्डले माघ ७ गते सार्वजनिक गरेको बार्षिक कार्यतालिकाले २०८२ को असार ६ गते भित्र नतिजा प्रकाशन गर्ने उल्लेख गरेको हो।
आगामी चैत ७ गतेदेखि सञ्चालन हुने परिक्षा को नतिजा ९० दिन पछि प्रकाशन गरिने जनाएको छ। सार्वजनिक गरिएको कार्य तालिका अनुसार पुनर्योगका लागि आवेदन दिने मिति ०८२ असार २२ गते सम्मको लागि तय गरेको छ। यसको नतिजा साउन १२ गते सार्वजनिक गर्नेछ । भने पुरक परीक्षा सञ्चालन साउन १९ र २० गते तोकिएको र यसको नतिजा भदौ २० गते भित्र निकाल्ने कार्यतालिका मा उल्लेख गरिएको छ।
गतवर्ष २०८० को एसइई परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार २ सय ८६ जना बढेर ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागिता हुदैछन् । कार्यालयले यसवर्षको एसइई परीक्षा का लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।