नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स कर्णाली नेतृत्व सर्वसम्मत , अध्यक्षमा केसी

सुर्खेत । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा)को कर्णाली प्रदेशको पहिलो साधारणसभा सम्पन्न भएको छ । चैत्र १ गते भएको साधारणसभाबाट प्रदेश कार्य समिति चयन गरेको हो ।

९ जनाको कार्यसमिति अध्यक्षमा निर्मल केसी, उपाध्याक्षमा भानुभक्त खड्का, महासचिवमा दीपक बुढा, सचिवमा प्रेमकुमार बिसी र कोषाध्यक्षमा प्रेम दराई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दीपक जैसी, दिलबहादुर चौधरी, गौरव रेग्मी, र बासना थापा रहेका छन् ।

अध्यक्ष केसि नेपाल एअर बिजनेश ट्राभल एण्ड टुर्सका म्यानेजिङ डाईरेक्टर हुन्। नवनिर्वाचित कार्यसमितिलाई कर्णाली प्रदेश उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घराज कोइराला, उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदम शाही, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेललगायतले बधाईसँगै कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।