हिमज्योति बहुमुखी क्याम्पस स्ववियु चुनाव सर्वसहमत, अध्यक्षमा सन्ज्याल

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको हिमज्योति बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसहमत चयन गरेको छ। पहिलो पटक उक्त क्याम्पसमा भएको स्ववियु चुनाव सर्वसहमत चयन भएको हो।

भोलि चैत्र ५ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत फागुन २९ गते उम्मेदवार फिर्ता नलिएको साथै अन्तिम नामावली प्रकाशनमा प्रत्येक पदमा एकल उम्मेदवारी रहेकाले र दर्ता भएका विद्यार्थी संघ/संगठनबीचको सहमतिमा नेतृत्व चयन भएको हो। निर्वाचन अधिकृत देव विक्रम शाहीका अनुसार क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले ) निकट अनेरास्ववियुका जयराज सञ्ज्याल सर्वसहमत निर्वाचित भए। यस्तै उपाध्यक्षमा नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी ) का हेमन्त बहादुर शाही, सचिवमा नेकपा निकट अखिल (समाजवादी ) का उपेन्द्र रावल, सहसचिवमा नेपाली (काङ्ग्रेस ) निकट (नेविसंघ ) का अर्जुन ठकुल्ला र कोषाध्यक्ष पद मा नेपाली (काङ्ग्रेस) निकट (नेविसंघ ) का कुम्भ फडेरा सर्वसम्वत निर्वाचित भए।

             

यसैगरी निर्वाचित सदस्यमा अनेरास्ववियु बाट झवेन्द्र साउद, अखिल क्रान्तिकारीबाट आकाश वि.क र स्वस्तिका बुढा, नेविसघंबाट बालकृष्ण बुढाथोकी , अनेरास्ववियू बाट धर्मदेव सिरा हुन्। भने समानुपातिक सदस्यमा नेविसंघबाट सरला शाही र रामशाहा शाही, अनेरास्ववियुबाट विकास शाही, अखिल क्रान्तिकारी बाट शर्मिला परिवार, अखिल समाजवादीबाट सिर्जना बुढा निर्वाचित भएको अधिकृत शाहीले जानकारी दिए।

निर्वाचित पदाधिकारीको एक औपचारीक कार्यक्रमका बिचमा घोषणा गरेका छन्। कार्यक्रममा क्याम्पस प्रमुख नेत्रलाल हमाल, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सिना, नेकपा माओवादीका जिल्ला अध्यक्ष डा. डिपेन्द्र रोकाय, नेकपा का स्थायि कमिति सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज कर्णजित बुढाथोकी (सुशील सि) लगायत को उपस्थिति रहेको थियो।