सुर्खेत । कर्णाली प्रदेशको राजधानि सुर्खेतमा प्रथम खुल्ला राष्ट्रिय देउडा प्रतियोगिता हुने भएको छ। संस्कृति संरक्षण समाज हुम्लाको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो।
आगामि चैत्र १६ देखि २० गते सम्म वीरेन्द्रनगर को घण्टाघर स्थित खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न स्टल राख्नुका साथै सांस्कृतिक कार्यक्रमहरु हुने समाजले सोमबार निकालेको सुचनामा उल्लेख छ । भने तरबार नाच, स्यार्पु नाच र दमाय नाचको पनि प्रदर्शन हुनेछ।
लोप हुन लागेको परम्परागत संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको समाजका अध्यक्ष तिर्थराज रोकायाले बताए। प्रतियोगितामा देउडा गायक गायिकाहरु क्रमश: नन्द कृष्ण जोशी, नेत्रराज शाही, रेखा जोशी, छत्र शाही, नवराज भण्डारी र ईब्सल सन्ज्यालका साथै हेमराज अधिकारी (खन्ट्याखलास) उपस्थिति का साथै प्रस्तुति रहने छ । देउडा प्रतियोगितामा टिम दर्ता अन्तिम मिति चैत्र १४ गते बेलुका सम्म र टिम दर्ता शुल्क १५०० रुपैया तोकिएको छ साथै प्रत्येक टिममा कम्तिमा ७ जना र बढीमा १५ जना सहभागी गराउने समेत उल्लेख छ।
४ दिन सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र, द्धितिय हुने टिमले रु. ३३ हजार ३ सय ३३ रुपैयाँ सहित प्रमाणपत्र, तृतिय हुने टिमले रु. २२ हजार २ सय २२ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । भने सान्त्वना हुने टिमले रु. ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र पाउने जनाइएको छ ।
प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको कार्यक्रममा प्रतिस्पर्धि हुन आउने टिमले खर्चको सम्पुर्ण व्यवस्थापन आफैले गर्नु पर्नेछ।