पत्रकार महासंघ सुर्खेत शाखाको वेबसाइट आज सार्वजनिक

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आधिकारिक डिजिटल प्लेटफर्म सार्वजनिक भएको छ । आइतबार शाखाको अफिसियल वेबसाइट एफएनजे सुर्खेत डट कमको शुभारम्भ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले गरेकी हुन् ।

वेबसाइटको शुभारम्भ गर्दै अध्यक्ष शर्माले महासंघको कार्ययोजना अनुसार वेबसाइट निर्माण गर्ने पहिलो शाखा सुर्खेत भएको उल्लेख गर्दै यसबाट सदस्य शुद्धिकरणमा देखिदै आएको विवाद समाधानमा सहयोग पुग्ने बताइन ।

महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माले कार्ययोजना अनुरुप वेबसाइट निर्माण गरिएको बताए । साथै महासंघलाई श्रमजिविका पक्षमा वकालत गर्न भावि दिनमा कार्ययोजना बमोजिमका कामहरु अगाडि बढाउँदै लैजाने समेत उल्लेख गरे।

कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष शर्मा, महासचिव रामप्रसाद दाहालका साथै सुर्खेत शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।