प्रश्नपत्र र उत्तरपुस्तिका हातमा परीक्षा स्थगनको सुचना

सुर्खेत । आजबाट सुरु भएको मध्यपश्चिम विश्वविद्यालयको मध्यवर्ती परीक्षा स्थगन भएको छ । साढे ६ बजेबाट सुरु भएको परीक्षा बिच्चैमा स्थगन भएको हो ।

           

ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सअन्तर्गत स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा स्थगन भएको हो । प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्दा लेख्दै परीक्षा स्थगनको सुचना आएको विद्यार्थीहरु ले बताए । परीक्षा हलमा लेख्दा लेख्दै स्थगन गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको विद्यार्थीको बुझाई छ।

             

चैत १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न गठित निर्वाचन समितिले परीक्षा स्थगन गरेको हो ।