काठमाडौं । चैत्र १५ गतेसम्मको लागि संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको क्यालेन्डर तयार पारेको छ। आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकले उक्त निर्णय गरेको हो।
१५ दिनमा ३, ४, ६, ७, १३, १४ र १५ गरी जम्मा ७ दिन बैठक बस्ने छ। त्यसै अनुसार भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।