एमाले हुम्ला प्रदेश निर्वाचन क्षेत्र ‘क’ कमिटीको वैठक सम्पन्न

सिमकोट । एमाले हुम्ला प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क (१) को प्रथम बैठक सम्पन्न भएको छ। वैठक अदानचुली गाउँपालिका केन्द्रमा शनिवार बसेको हो।

पार्टीको ३ महिने जरा अभियानलाई केन्द्रित गर्दै उक्त बैठक बसेको थियो। विगतमा भए गरेका विभिन्न गतिविधिहरुको समीक्षा गर्दै भावी योजनाहरुको बारेमा गहन छलफल गर्दै कार्यक्रम सम्पन्न भएको छ।

वैठकका प्रमुख अथिति समेत रहेका कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य गोरखवहादुर बोगटीले मसानघाटमा गएको लास फर्केर नआउने भन्दै राजावादीहरु लाई व्यङ्ग्य गरेका थिए ।

रमेश ऐडीको अध्यक्षतामा सुचारु बैठकमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज छक्क बहादुर लामा, केन्द्रिय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (क) इन्चार्ज दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामी बुमी, प्रदेश सदस्य,जिल्ला सदस्य तथा पालिका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो।