४ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।

यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर २ हजार ५० मा कारोबार भइरहेको छ ।