नेपाल शिक्षक संगठन हुम्लाको अध्यक्षमा सिंह बहादुर जेठारा सर्वसम्मत

हुम्ला। नेपाल शिक्षक संगठन हुम्लाको चौधौं अधिवेशन सम्पन्न भएको छ। विहिवार सदरमुकाम सिमकोटमा अधिवेशनको उद्घाटन भएको हो।

अधिवेशनबाट सिंगो जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ। जसको अध्यक्षमा सिंहबहादुर जेठारा चयन हुदा उपाध्यक्षमा पृथ्वी शाही, समावेशी उपाध्यक्ष धनदेवी शाही र सचिवमा जयवहादुर बम चयन भएका छन्। यस्तै सहसचिवमा अमृता शाही, कोषाध्यक्ष चीन बोहरा र सहकोषाध्यक्षमा रामशिला रोकायालाई चयन गरेको छ। भने सदस्यहरुमा महाचन्द जैसी,चक्र बुढा, सिंह फडेरा, मदन बुढा, सुरेश शाही, परेग शाही, शंख कार्की सहित २३ सदस्यीय जिल्ला कार्य समितिका चयन भएका छन्।

               

सल्लाहाकार समितिको संयोजकमा हरिप्रसाद जैसि हुदा सदस्यहरु मा छिरिङ लामा, दलबहादुर ऐडी, मोहनजंग शाही, पाले फडेरा, बक्त थापा, दिनबन्दु शाही र हिरा बोहरा चयन भएका छन्। भने केन्द्रीय प्रतिनिधिहरुमा हरिप्रसाद जैसी, दिफ ऐडी र हिरा बोहरालाई चयन गरेको छ।

             

हरि प्रसाद जैसीको अध्यक्षतामा सुरु भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी सदस्य डबल रावतको थियो। कार्यक्रममा शिक्षक संगठनका नेता तथा बुद्धिजीवीहरुको उपस्थिति मा कार्यक्रम सञ्चालन भएको थियो।