काठमाडौं । रोल्पाको स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल (क्रान्तिकारी) बीच तालमेल हुने भएको छ। ४ क्याम्पस रहेको रोल्पामा सबैमा दुवै संगठनले भागबन्डा गरी चुनावमा भाग लिने भएका हुन्।
अनेरास्ववियुका अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेव बुढामगरको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त सहमति गरेका हुन्। जसअनुसार नव नेपाल क्याम्पसको अध्यक्ष, सहसचिव र २ सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, सचिव , कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने सहमति भएको छ ।
जलजला क्याम्पसमा अध्यक्ष र सहसचिव सहित सदस्य क्रान्तिकारी , उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य अनेरास्ववियुले लिने सहमति भएको छ । रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्यबाहेक सबै क्रान्तिकारीले उठाउने सहमति भएको छ । भने सहिद स्मृति क्याम्पसमा अखिल क्रान्तिकारीलाई अनेरास्ववियुले सहयोग गर्ने सहमति भएको छ ।