हुम्ला । नेत्रविक्रम चन्द (विप्लव सि) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ। सदरमुकाम सिमकोटस्थित टिबिटिएन होटलमा विहान ८ बजेबाट सम्मेलन सुरु गरेको हो।
नेकपाका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज कर्णजित बुढाथोकी (सुशील सि ) बाट देशको वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयवस्तुमा पार्टिको धारणा राख्न उक्त सम्मेलन गरेको बताए। देशको राजनितिक, आर्थिक, सामाजिक अवस्था निकै नै कमजोर अवस्थामा पुगिसकेको हुदा अब आम जनताहरुले सहकार्य समन्वय गरी वैज्ञानिक समाजवादलाई अगाल्दै आफ्नो पार्टीलाई साथ दिन ईन्चार्ज सुशील सि ले अपिल गरेका छन्।
देशका शासक वर्गहरु धनी हुँदै गएको र जनताहरु झन झन गरिब हुँदै गएकाले अब आर्थिक क्रान्तिमा जुट्ने केन्द्रीय सदस्य कुमार सि ले बताए । साथै, देशको संघिय राजधानी लगायत विभिन्न जिल्लाहरुमा पार्टीले कृषिमा लगानीका साथै श्रमदान गरीसकेको र हुम्लामा पनि त्यसको सुरुवात गर्न कार्ययोजनाहरु बनाउने कार्य भैरहेको बताए।
दलाल पूँँजीपति वर्ग, दलाल तथा नोकरशाही पूँजीपति वर्गको स्वार्थ र इसारामा संचालित स्वच्छाचारी जनविरोधी दुईतिहाई केपि ओली सरकारको हर्कत र ईतिहासकै असफल प्रतिगामी विचार हिन्दुराज्य र राजतन्त्र पुर्नस्थापनाको नारा लिएका राजावादीहरुको हर्कतले १९ दिने जनआन्दोलनको उपलब्धि गुम्ने डर भएको छ। त्यसका लागि माओवादी घटकहरु, कम्युनिस्ट पार्टी, बुद्धिजीवी ,नागरिक समाजका साथै पत्रकारहरु एक भएर उभिनु पर्ने प्रेस विज्ञप्ति केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज रङ्गमल रोकाया (क्षितिज सि) ले पढेका थिए।
पार्टीका प्रदेश इन्चार्ज सुशील सि को प्रमुख आथित्यमा सुरु भएको सम्मेलनमा हुम्ला जिल्ला इन्चार्ज (क्षितिज सि) को अध्यक्षता रहेको थियो। भने केन्द्रीय सदस्य कृष्ण बोहरा (कुमार सि) ले कार्यक्रमको सञ्चालन गरेका थिए। सम्मेलनमा नेकपाका प्रदेश तथा जिल्लास्तर का नेताहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।