सुर्खेत। स्ववियु निर्वाचनलाई लिएर विद्यार्थीहरू बाट सुर्खेत बहुमुखी क्याम्पसमा ढुङ्गामुडा भएको छ। बुधबार बेलुका उक्त क्याम्पसमा तोडफोड गरेका हुन् ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी र अपरिपक्व निर्णय गरेकाले विवाद सिर्जना भएको एमाले निकट अनेरास्ववियु नेताहरुको आरोप छ। यता एक सूचना जारी गर्दै निर्वाचन अधिकृत प्रेम थापाले निर्वाचन कार्यतालिका अनुसार मङ्गलवार उम्मेदवारी दर्ताका क्रममा विवाद भएको बताएका छन् ।
विवाद समाधान गरेर निर्वाचन गतिविधि अगाडि बढाउने प्रयास गरिए पनि सम्भव नभएको थापाले जारी गरेको सुचनामा उल्लेख छ । सुचनामा असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ।