काठमाडौँ । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरूले चुनावी तालमेल गर्ने भएका छन्। चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा दुई संगठनबिच तालमेल भएको हो ।
मंगलबार उम्मेदवारी दर्ताको बेला दुई संगठनबिच मिलेर दर्ता गरिएको अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए। आरआरमा एमाले निकट अनेरास्ववियुलाई अध्यक्ष र समाजवादी निकटको अनेरास्ववियू लाई कोषाध्यक्ष दिएको छ।
अध्यक्षमा लोकेश खड्का उम्मेदवार बनेका छन् । भने कोषाध्यक्षमा अम्बिका अधिकारी उम्मेदवार बनेकी हुन् । आरआरमा २०७९ सालकाे निर्वाचनमा समाजवादी निकट अनेरास्ववियू लगायतले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन हुन सकेको थिएन।