शिक्षाकाे गुणस्तर सुधारका लागि अभिभावक ,बिद्यार्थी, शिक्षक र सराेकारवालाहरु बिच शैक्षिक अन्तरक्रिया कर्यक्रम सम्पन्न भएकाे छ । हुम्लाकाे सदरमुकाम सिमकाेटमा रहेकाे मानसरोवर माध्यमिक बिद्यालयकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे साे बिद्यालयका प्रधानध्यापक अम्बर बहादुर शाहीले बताए ।बुधबार भएकाे अन्तरक्रिया कार्यक्रममा बिद्यालयमा अध्यापन गर्ने सम्पुर्ण बिद्यार्थीका अभिभावक , बिद्यार्थी , र शिक्षामा सराेकार राख्ने ब्यक्तिलाई उपस्थित गराएर कार्यक्रम संचालन भएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा बिद्यालयकाे पढाइ देखि लिएर शिक्षककाे कम्जारीकाे साथै संरचनाकाे बिषयमा टेकेर अन्तरक्रिया कार्यक्रम गरिएकाे थियाे ।सिमकाेट गाउँपालिका भरिने २१ बटा बिद्यालय छन् त्यसमा चार वटा निजि बिद्यालय रहेकाे भएपनि निजि र सरकारी बिद्यालयमा पढाइकाे तुलनामा फरक भएकाे बाेल्ने बक्ताले भनेका थिए ।
यसमा शिक्षक र गाउँपालिका बाट अनुगमनकाे कम्जाेरी भएकाे देखिन्छन् । समग्र हुम्लाको शिक्षाकाे बिषयमा कुरा उड्दा त्यसकाे जवाफ शिक्षा तथा समन्वय इकाई प्रमुख याेगेश आले मगरले दिएका थिए ।त्यस्तै पढाइकाे तुलनमा बिद्यार्थी लेखनमा अशुद्ध भएकाे मुकुन्द राेकायाले प्रश्न उठाए त्यस्तै गुड नेवर्स इन्टरनेसनल हुम्लाका प्रमुख नारायण चाैतरिले भने पढाईमा जति संस्थाले लगनि गरेकाे छ त्यसकाे प्रतिफल नआएकाे जिगिर गरे । बिद्यार्थीले पनि कतै शिक्षकाे पढाइ नबुझिने कतै बिज्ञान प्रयाेसाला भएपनि प्रयाेगमा नआएकाे जनाए । लालि गुराँसका शिक्षक मान बहादुर कार्कीले हाेस्टिएल भएपनि अर्थनै नभएकाे बताए। ललि गुराँसकै शिक्षक काली बहादुर फडेराले भने शिक्षकाे कम्जाेरी मात्र नभएर अभिभावककाे पनि कम्जाेरी भएकाे जनाए ।
त्यस्तै विभिन्न बाेल्ने बक्ताले मानसरोवर माध्यमिक बिद्यालय मात्र नभएर गाउँपालिका भरिका सम्पूर्ण बिद्यालय सुधारमुलक बनाउन सुझाव दिए । संन्चार कर्मिले पनि स्थानीय पाठे पुस्तक देखि हरेक बिद्यालय सुधार तर्फ जान आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताले विभिन्न प्रश्न उठाएका बिषयकाे जवाफ प्रधानध्यापक शाही , साहायक प्रधानध्यापक राज बहदुर शाही लगाएत बिषय शिक्षकले दिएका थिए । त्यस्तै बिद्यालय कम्जाेरी , शिक्षक अभाव ,गाउँपालिका भरि एसिडि कक्षा देखि अन्य कक्षाकाे बिषय पनि उडेकाे थियाे । त्यसकाे जवाफ सिमकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख बर्ख फडेरा र सुब्बा किष्न आचार्यले दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न संस्थाका प्रमुखहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा अभिभावककाे खासै उपस्थित देखिएकाे थिएन । शिक्षक तथा अभिभावक संघका अध्यक्ष यवम कार्यक्रमका अध्यक्ष नन्द रावतले भने शिक्षा , अभिभावक देखि लिएर शिक्षककाे कम्जाेरी सुधारमा जाेट दिन आग्रह गरे ।
त्यस्तै सिमकाेट गाउँपालिका वडा छ का अध्यक्ष एवम कार्यक्रमका प्रमुख अथिति नन्द रावतले भने याे बिद्यालय जिल्लाकाे राम्रो बिद्यालयमा पर्छ अझै अगाडि बडाउन वडाले पनि साथ दिने कुरा राखे । कार्यक्रममा विभिन्न शिक्षा क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख बिद्यार्थीका अभिभावक , बिद्यार्थी , शिक्षक लगाएतकाे सहभागी रहेकाे थियाे ।