काठमाडौँ । छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ तोकिएको छ। भने सोमबार चाँदी १ हजार ९८५ रुपैयाँ तोकिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।