आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौ । संघिय सदन अन्तर्गतको प्रतिनिधि सभा वैठक बस्दैछ। पाचौं अधिवेशनको १६ औ वैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ।

कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले उपभोक्त अदालतको गठन सम्बन्धि सुचना टेवल गर्नेछन्। भने राष्ट्रिय सभामा उत्पत्ति भएको “आमसञ्चार विधेयक परिषद् २०८१” लाई छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले महासन्धी सम्बन्धि २ वटा प्रस्तावहरु प्रस्तुत गर्ने उल्लेख छ।